
Local Government Calendar-LGOC
Nepali LG Operational Calendar
0 ratings
Archived App (Last seen on 23 Jun 2026)
This is an archived listing of the app previously available on the App Store.Although the app is no longer distributed by Apple, you can still view its description, screenshots, version history, ratings, and metadata for reference.
About
सङ्घीय नेपालको मूल संरचना तीन (सङ्घ, प्रदेश र स्थानीय) सरकार हुने र तीनै सरकारले संविधान र कानून बमोजिम राज्यशक्तिको प्रयोग गर्ने व्यवस्था रहेको छ । तीनै सरकारले नेपालको संविधानले दिएको आ–आफ्नो अधिकार क्षेत्र प्रयोग गरी सङ्घीयता कार्यान्वयनको अभ्यास गरिरहेका छन् । नेपालमा सङ्घीय शासन प्रणाली नयाँ अभ्यास भएकोले स्थानीय सरकारले संविधान, नीति तथा कानून बमोजिम उपयुक्त व्यवस्थाको विकास गरी यसको प्रभावकारी कार्यान्वयन गर्नु पर्दछ । स्थानीय सरकार जनताको सबभन्दा नजिक रहने हुँदा, सेवा प्रवाह र नागरिकका समस्या तथा सरोकार यसका प्रमुख चासोका विषयहरु हुन् । स्थानीय सरकाले गर्ने विभिन्न कामलाई एकिकृत गरी प्रस्तुत गर्न आर्थिक वर्षमा आधारित वार्षिक पात्रो महत्वपूर्ण हुन सक्ने तथ्यलाई मध्यनजर गरी स्थानीय सरकार सञ्चालन पात्रो २०७८/७९ तयार गरिएको हो।
स्थानीय सरकारले संवैधानिक तथा प्रचलित कानूनी दायित्व पुरा गर्न नियमित, पटके र आवधिक रुपमा विभिन्न कार्यहरु गर्नुपर्दछ । यसको व्यवस्था संविधान तथा तीनै तहका सरकारको नीति, कानून र कार्यविधिहरुमा गरिएको छ । यसका लागी तयार गरिएका विभिन्न साधनहरु मध्ये स्थानीय सरकार सञ्चालन भित्तेपात्रो (२०७८/७९) पनि एक उपयोगी साधन रहेको अनुभव जनप्रतिनिधि तथा कर्मचारीहरुको छ । यसै भित्तेपात्रोलाई मोबाइल एप(डिजिटल)को रुपमा विकास गरिए अझ बढी उपयोगी तथा प्रभावकारी हुने सुझावलाई सम्बोधन गर्दै, यो एपको निर्माण गरिएको हो ।
Show more
What's New in Local Government Calendar
1.0.6
February 2, 2024
Fixed Push Notification Performance Enhanced




